पाठ्यक्रम सुधारका विभिन्न माग राख्दै नेविसंघले बुझायो ज्ञापन पत्र

`

     २०७९ चैत्र ०३ गते ५:१७

काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) वर्तमान पाठ्यक्रममा सुधारको माग गर्दै पाठ्यक्रम विकास केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघका पदाधिकारीहरुले शिक्षा र विज्ञान कुनै पनि देश र मानव सभ्यताको मौलिकता सापेक्ष हुनुपर्ने मागसहित पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।

पाटन संयुक्त क्याम्पस समितिमा नेविसंघका उपाध्यक्षसमेत रहेका रमेश कुँवरले आफूहरुले अबको शिक्षा मौलिकता, पूर्वीय दर्शन, मानवीय नैतिकता र आध्यात्मिक ज्ञानको आधारमा प्रेरित हुनुपर्छ भन्ने मागसहित् पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?