काठमाडौँ, १४ पुष । सत्ता गठबन्धनको बैठकको निर्णय सुनाउदै गृहमन्त्री रवि लामिछाने अब मन्त्री बनाउँदा विज्ञबाट हुनुपर्ने विषय पनि उठेको बताएको छ ।
‘सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने विषयमा पनि चर्चा भएको छ,’ उनले भने, ‘अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय गरिनेछ ।’
त्यस्तै मन्त्रिपरिषद विस्तार विश्वासको मत लिएपछि वा पछि हुने विषयमा अहिले नै टुंगो नभएको मन्त्री लामिछानेले बताए ।




