काठमाडौँ, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्देशन समिति गठन गर्ने तयारी भएको छ ।
यसअघि नै पार्टीले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई निर्देशन समितिको अध्यक्ष चयन गरेको थियो । तर, सो समितिको गठन भने हुन सकेको थिएन । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक दुई दिनमै लोहनी र अध्यक्ष राजेन्द्र लिङ्देन बसेर समिति गठन गर्ने तयारी भएको हो ।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले निर्देशन समितिको पार्टीमा महत्त्वपूर्ण भूमिका हुने भन्दै समितिले पार्टीलाई आवश्यक सुझाव र मार्गदर्शन दिनेलगायतका कार्य गर्ने बताए ।




