पदाधिकारीले सरकारमा सामेल नहुने विचार राखेपछि राप्रपा सरकारमा नजाने

`

     २०७९ पौष ११ गते १:२५

काठमाडौँ, पौष ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नयाँ गठबन्धनको बैठकअघि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा सरकारमा नजाने बताएका हुन् ।

यस अघि आइतबार बालकोटमा प्रचण्डको नेतृत्वमा सरकार बनाउन समर्थन गरेको राप्रपाले त्यसपछि बसेको बैठकमा अधिकांश पदाधिकारीले सरकारमा सामेल हुन नहुने विचार राखेपछि राप्रपा सरकार बाहिर बस्ने भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?