प्रधानमन्त्री शेहवाज शरिफले दिए प्रचण्डलाई बधाई

`

     २०७९ पौष ११ गते १:००

काठमाडौँ, पुस ११ । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएका छन् ।

सोमबार पाकिस्तानका प्रधानमन्त्री शरिफले पनि ट्वीटमार्फत दाहाललाई बधाई दिए । मोदीले आइतबारै दाहाललाई ट्वीटमार्फत बधाई दिएका थिए ।

हालसम्म भारत र पाकिस्तानबाट प्रधानमन्त्रीकै तहमा बधाई आएको हो । चीन र अमेरिकाले भने काठमाडौंस्थित आ–आफ्ना दूतावासमार्फत दाहाललाई तेस्रो पटक प्रधानमन्त्री भएकोमा बधाई दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?