काठमाडौँ,पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको दलहरूको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । ‘सहमतिको ड्राफ्ट तयार हुँदैछ,’ उनले भने, ‘आज नै बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेस गर्नेछौँ ।




