मेयर बालेन्द्रलाई नफुट्ने तबला उपहार दिएको छु : ओली

`

     २०७९ पौष ०८ गते २:५६

काठमाडौँ, ८ पुस । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई तबला उपहार दिएका थिए ।

र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकार अखण्ड भण्डारीले प्रश्न गर्छन्, ‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ?’

जवाफमा ओलीले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?