काठमाडौं, पुस ८ । केही सांसदहरूले मधेशी भाषामा शपथ खाएपछि यसबारे मधेशी आयोगले संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ।
प्रतिनिधि सभाका सांसदलाई बिहीबार शपथ खुवाउँदा मधेशी भाषामा पनि खुवाइएको थियो।
जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद चन्द्रकान्त राउत (सिके राउत) लगायत केही सांसदले मधेशी भाषामा शपथ लिएका थिए। मधेशी भाषामा शपथ लिएपछि राउतविरूद्ध मधेशका विभिन्न ठाउँमा बिहीबार विरोधसमे प्रदर्शन भएको थियो।
संघीय संसद सचिवालयले सांसदहरूले मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको थियो। १४ मातृभाषामा २५ सांसदले शपथ लिएका थिए।
मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नभएको भन्दै उक्त भाषामा सांसदले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय भएको मधेशी आयोगको भनाइ छ।




