राष्ट्रपतिको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्छ : थापा

`

     २०७९ पौष ०७ गते ३:०४

काठमाडौँ, पुस ७ । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्ने बताएका छन् । आज सांसद पदको शपथ ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् ।

‘नागरिकता विधेयकबारे संसद्को प्रारम्भमै छलफल हुनुपर्छ । संसद्ले पास गरिसकेको विधेयकलाई राष्ट्रपतिले मनको आधारमा ठीक वा बेठीक भनेमा संविधानले पार्लियामेन्टलाई दिएको अधिकार नै रहन्न,’ उनले भने, ‘राष्ट्रपतिलाई दिएको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?