काठमाडौँ, पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको चाहना कांग्रेस एमाले जस्ता ठुला दलहरू मिलेर सरकार बनाउनुपर्ने बताए ।
राप्रपा सरकारमा जानेगरी आफूलाई अघि नसारेको लिङ्देनले बताए । ‘ठुला राजनीतिक दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाओस् भन्ने छ । नभए अहिलेको गठबन्धनले सरकार बनाओस्’ लिङ्देनले भने, ‘हामी प्रतिपक्षमा बस्छौ भन्ने छ । सरकार बन्न नसकेमा वा आवश्यकता भएमा छलफल गरेर अघि बढ्सक्छौं ।’




