सांसदको शपथका लागि निर्वाचन आयोगको प्रमाणपत्र अनिवार्य

`

     २०७९ पौष ०७ गते १:१६

काठमाडौँ, पौष ७ । प्रतिनिधि सभाका सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाण पत्र अनिवार्य ल्याउनुपर्ने भएको छ ।

केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।

उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसलदहरुलाई शपथ ग्रहणमा सहभागी गराइने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?