अर्थमन्त्री शर्माद्वारा देउवालाई बधाई तथा शुभकामना

`

     २०७९ पौष ०६ गते ३:१४

काठमाडौँ, पुस ६ । नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।

बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?