काठमाडौँ, पौष ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन शुरु भएको छ ।
संसदीय दलको नेताको उम्मेदवार रहेका सभापति शेरबहादुर देउवा र अर्का उम्मेदवार महामन्त्री गगन थापाले मतदान गरेका छन् । अहिले मतदान जारी रहेको छ ।
यस अघि बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतदानस्थलमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने भन्ने विवादले मतदानमा ढिलाइ भएको थियो ।
मतदाता नामावली हेरेर मात्र सांसदहरूलाई भित्र प्रवेश गर्न दिइएको छ भने सांसद बाहेक अन्य नेताहरुलाई भित्र जनाबाट रोकिएको छ ।
सांसद नरहेका मन्त्रीहरुलाई बाहिर रोकिएको छ ।




