संसदीय दलको नेता चयनको लागि काँग्रेसको आज उम्मेदवारी दर्ता

`

     २०७९ पौष ०५ गते १०:३५

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने भएको छ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ।

आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।

उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ। बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?