स्थानीय तहको काम पारदर्शी हुनुपर्छ : प्रधानमन्त्री देउवा

`

     २०७९ पौष ०४ गते १:३८

काठमाडौँ, ४ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई पारदर्शी, प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले जनताको आवश्यकतालाई स्थानीय तहले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहीतालाई कुशलताका साथ स्थनीय तहले निर्वाह गर्नुपर्ने बताए ।

उनले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?