फाइनल हारेपछि फ्रान्सका फ्यानहरुले तोडफोड र आगजनी गरे

`

     २०७९ पौष ०४ गते ११:५३

काठमाडौँ, पौष ४ । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यानहरु आक्रामक भएका छन् ।

इनलमा हारपछि फ्रान्सको राजधानी पेरिसमा हजारौं समर्थकले दंगा सुरु गरेका थिए । उनीहरुले सवारीसाधन तोडफोड र आगजनी गरेका थिए । पेरिस बाहेक यो हिंसा अन्य धेरै शहरहरूमा फैलिएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो । पेरिसमा हजारौं प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटनाहरू भएको प्रहरीले जनाएको छ । पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यानहरू आपसमा भिडेका थिए ।

आक्रोशित फ्यानहरुले प्रहरीसँग झडप समेत गरेका थिए । प्रहरीले सयौंलाई हिरासतमा राखेएको छ । छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?