काठमाडौँ, पुस ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बनाउने बताएका छन् ।
‘हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रित हुनुपर्ने छ’ प्रचण्डले भने, ‘संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’
यदि समाजवादी केन्द्र बनाएर एउटै पार्टी बनाउन नसकेपनि लुज फोरम जस्तो बनाएरै छाडिने प्रचण्डले बताए ।




