advertisement

प्रहरीले जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनका छोरा चन्दन भने अझै फरार छन्।

" /> धनुषामा नक्कली लाइसेन्स बनाइदिने गिरोहकी नाइके प्रहरी फन्दामा - Sarbocha Media

धनुषामा नक्कली लाइसेन्स बनाइदिने गिरोहकी नाइके प्रहरी फन्दामा

`

     २०७६ फाल्गुन १५ गते ३:४०

धनुषा, १५ फागुन । धनुषामा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गिरोहकी नाइकेले मोटरसाइकल लाइसेन्स बनाउन ६० हजार रुपैयाँसम्म असुली गरेको खुलेको छ ।

नक्कली लाइसेन्स बनाउने उनी रुबी मिश्र रहेकी छन्। उनी गिरोहकी नाइके समेत रहेकाे खुलेकाे छ। प्रहरीले फागुन १३ गते नै  नियन्त्रणमा लिइसकेकाे उनी अहिले प्रहरी हिरासतमा छिन्। उनकाे छाेरा चन्दन मिश्रले भने ५ हजारमा लाइसेन्स बनाइदिने गरेको बताइएको छ।

प्रहरी नायब उपरीक्षक कार्कीले रुबी ६० हजार रुपैया लिएर सरकारी छाप समेत किर्तेगरी नक्कली सवारी लाइसेन्स बनाउने गरेको ४ वटा उजुरी परेको बताएका छन्।

advertisement

प्रहरीले जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनका छोरा चन्दन भने अझै फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?