थप हिंसा हुन नदिन नरोकिएपछि ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ। प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवासबाहिर एकीकृत भिड बल प्रयोग गरी तितरबितर पार्यो।

भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा चार दिनअघि सुरु भएको प्रदर्शनले उग्र रुप लिँदै गएको छ । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भारतीय मिडियाहरुले जनाएको छ ।

मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो।प्रदर्शनकारी बिहानैदेखि सडकमा उत्रिएपछि दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । त्यस्तै घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्‍यो ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

advertisement

अधिकांश झडप उत्तर–पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका थिए। हींसा बढ्दै गएपछि भारतीय प्रधानमन्त्रीले बुधबार सामाजिक संजालमार्फत शान्ति स्थापना गर्नका लागि अपिल पनि गरेका थिए ।

" /> नयाँदिल्ली हिंसा : ज्यान जानेको संख्या २७ पुग्याे, २५० भन्दा बढी घाइते - Sarbocha Media

नयाँदिल्ली हिंसा : ज्यान जानेको संख्या २७ पुग्याे, २५० भन्दा बढी घाइते

`

     २०७६ फाल्गुन १५ गते २:५६

काठमाडौं, १४ फागुन । भारतको राजधानी नयाँदिल्लीमा नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा ज्यान जानेको संख्या २७ पुगेको छ ।

हिंसामा ५० भन्दा बढी सुरक्षाकर्मीसहित २५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिको छ। भारतको राजधानी नयाँदिल्लीमा दुई दशकयताकै ठूलो हिंसा फैलिएको जनाइको छ।

थप हिंसा हुन नदिन नरोकिएपछि ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ। प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवासबाहिर एकीकृत भिड बल प्रयोग गरी तितरबितर पार्यो।

भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा चार दिनअघि सुरु भएको प्रदर्शनले उग्र रुप लिँदै गएको छ । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भारतीय मिडियाहरुले जनाएको छ ।

मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो।प्रदर्शनकारी बिहानैदेखि सडकमा उत्रिएपछि दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । त्यस्तै घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्‍यो ।

घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

advertisement

अधिकांश झडप उत्तर–पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका थिए। हींसा बढ्दै गएपछि भारतीय प्रधानमन्त्रीले बुधबार सामाजिक संजालमार्फत शान्ति स्थापना गर्नका लागि अपिल पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?