काठमाडौँ, मंसिर २९ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश गरेपछि निगममा तनाव उत्पन्न भएको छ ।
क्याबिन क्रु संघ र ट्रेड युनियनका पदाधिकारीबीच हात हालाहाल भएपछि निगमको गेटभित्र प्रवेशमा रोक लगाइनुका साथै त्यहाँको सुरक्षा पनि बढाइएको छ । नेपाल वायुसेवा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा भइरहेको वार्तामा जानकारी बिना प्रवेश गरेका ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको संघकी एक पदाधिकारीले बताइन् ।
निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्रनिगममा अहिले वार्ता बिथोलिएको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कानबाट रगताम्य भएको बताइन् ।




