दक्षिण सुडानमा ४ महिना यताको हिंसामा परी १ सय ६६ को मृत्यु

`

     २०७९ मंसिर २९ गते १२:२८

काठमाडौँ, मंसिर २९ । बितेका ४ महिनामा दक्षिण सुडानमा कम्तीमा १ सय ६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरूको मृत्यु भएको हो ।

दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एकसय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसंघले जनाएको हो ।

संयुक्त राष्टसङ्घीय मानवअधिकारसम्बन्धी उच्च आयोगका प्रमुख भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?