सशस्त्र र नेपाल प्रहरीको भन्सार राजश्व चुहावट नियन्त्रणको लागी पहल

`

     २०७९ मंसिर २८ गते ११:०७

काठमाडौँ, मंसिर २८ । सशस्त्र र नेपाल प्रहरीले भन्सार राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रुपमा पहल थालेका छन् । यसैक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पर्साको वीरगञ्ज नाकानिरीक्षण गरे ।

त्यसपछि पर्सा, बारा, रौतहटका दुवै सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरुको सहभागितामा आयोजित एक कार्यक्रममा उनीहरुले राजश्व चुहावट रोक्न निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भने । ‘भन्सार राजश्व घटेको भनेका छन्, कतै सुरक्षा निकायको कारणले हो कि ? कसको कारणले हो ? दुवै सुरक्षा निकायबीच आपसमा समन्वय नगरेर पो हो कि ? भनेर संयुक्त ब्रिफिङ गरेका छौं’ उनले भने ‘हाम्रा साथीहरु सहित गएर भन्सार प्रशासकलाई समेत भेटेर के कमजोरी हो, कसको कारणले हो ? कसैको कारणले पनि भन्सार राजश्व चुहावट नहोस् । हाम्रो कारणले अझ कमीकमजोरी हुँदै नहोस्, देशलाई घाटा नहोस् भनेर संयुक्त प्रयास थालेका हौं ।’

देशभरी नै संयुक्त रुपमा भन्सार राजश्व चुहावट नियन्त्रणका लागि प्रयास थाल्ने उद्देश्यले प्रमुख भन्सार नाका वीरगञ्जबाट पहल थालेको उनले बताए । ‘उद्योगी व्यवसायीको सुरक्षा

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले पनि चोरी निकासी नियन्त्रणमा आपसमा सहकार्य गर्नेबारे छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?