" /> प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान - Sarbocha Media

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

`

     २०७९ मंसिर २८ गते ९:०३

काठमाडौँ, मंसिर २८ । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिन सूचनामार्फत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?