काठमाडौँ, मंसिर २६ । सुख्खा याम लागेसँगै नेपालको उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको माग र आपूर्तिको व्यवस्थापन मिलाउन भारतबाट बिजुली किन्न थालेको हो ।
यति बेला नेपालमा बिजुलीको कूल जडित क्षमता २१ सय किलोवाट आसपास छ । तर, यो वर्षायामको समयमा मात्रै हुने उत्पादन हो । नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर)मा आधारित भएकाले वर्षा याममा बढी बिजुली उत्पादन हुन्छ । तर, सुख्खा याम लागेसँगै नदीको प्रवाह घट्दै जाँदा समग्र उत्पादन खुम्चिन्छ ।
‘विगत ४÷५ दिनदेखि भारतबाट बिजुली किनिरहेका छौँ’ उनले थपे, ‘नेपालमा कम माग भएको समयमा भारततर्फ बेचिरहेका छौँ । यता बढी माग हुँदा किन्नुपर्छ ।’ भट्टराईका अनुसार बिहान र साँझको समयमा नेपालले भारततर्फ बिजुली बेच्ने गरेको छ । यस्तै, सोही समयमा माग बढेमा भारतबाट बिजुली किन्न समेत थालिएको छ ।
भट्टराईले अहिले दैनिक १ हजार किलोवाट आवर बिजुली किनबेच भइरहेको छ । नेपालमा अर्धजलाशययुक्त र जलाशययुक्त आयोजना न्यून हुँदा सुख्खा याममा भारतसँग ३०० मेगावाटसम्म बिजुली किन्नुपर्छ । यस्तै, वर्षा याममा बिजुलीको उत्पादन बढेसँगै पुनः ४०० मेगावाटसम्म बिजुली निर्यात हुन्छ ।




