‘ईईयू’ मा भाग लिन पुटिन पुगे किर्गिस्तान

`

     २०७९ मंसिर २३ गते ११:१०

काठमाडौँ, मंसिर २३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार हुने युरेशियन इकोनोमिक सम्मेलन (ईईयू) मा भाग लिनका लागि किर्गिस्तान पुगेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनका विदेश नीति मामिलाका सल्लाहकार युरी युशाकोभले बिहीबार पत्रकारहरूलाई यस सम्मेलनमा प्रान्तीय स्तरमा ग्यासको बजार विकास गर्ने विषयमा छलफल गरिने बताइन् ।

रुसले गत महिना चीनजस्ता अन्य मुलुकमा निर्वाध रुपमा ग्यास पुर्याउन सकियोस् भनेर आफूहरुले कजाकिस्तान र उज्वेकिस्तानसँग ‘ग्यास युनियन’ को सम्भावनाबारे छलफल गरिरहेको जानकारी दिएको थियो ।

युरेशियन आर्थिक सम्मेलनमा रुसबाहेक आर्मेनिया, बेलारुस, कजाकिस्तान र किर्गिस्तान सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?