समानुपातिकमा कुन दलले कति ल्याए मत,एमालेले कटायो ९ लाख मत-

`

     २०७९ मंसिर ०९ गते ८:०७

काठमाडौं, मंसिर ९ । पछिल्लो मत परिणाम अनुसार समानुपातिक निर्वाचनको मतगणनामा एमालेले ९ लाख मत कटाएको छ । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको हो । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ ।

जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६३ हजार १५९ मत रहेको छ । नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?