काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

`

     २०७९ मंसिर ०७ गते २:५४

मङ्सिर ७, काठमाडौँ । काठमाडौँ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् ।

खनालले १४ हजार २०४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?