समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा

`

     २०७९ मंसिर ०७ गते १२:५६

काठमाडौँ, मङ्सिर ७ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म २ लाख ४१ हजार ५९४ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म एक लाख मत कटाएको छ । रास्वपाले एक लाख ११ हजार ३९४ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । माओवादी केन्द्रको अहिलेसम्म एक लाख ३६४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म ५७ हजार २३६ मत प्राप्त गरेको छ भने जसपाले १८ हजार ७४७ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?