काठमाडौँ, मङ्सिर ६ । चितवन-२ मा रवि लामिछानेले अग्रता बनाएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ४००७ मत प्राप्त गरेर पहिलो स्थानमा उक्लिएका छन् ।
त्यस्तै यसअघि लगातार अगाडी रहेका नेकपा एमालेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत प्राप्त गरेका छन् ।
अहिले कालिका नगरपालिकाको मत गणना शुरु भएपछि रविले अग्रता बनाएका हुन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।




