काठमाडौँ, मंसिर ६ । महोत्तरी क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा दुवैतिर मतगणना एकैपटक सुरु गरिएको निर्वाचन कार्यालय क्षेत्र नम्बर ४ का साहायक निर्वाचन अधिकृत तर्कराज खनालले जानकारी दिए ।
खनालका अनुसार प्रतिनिधि तथा प्रदेशका दुवै क्षेत्रको मतगणना एकै पटक गर्नुपर्ने दलहरुको अडानका कारण मतगणना सुरु गर्न ढिला भएको हो । पहिले गणनास्थल प्रतिनिधि र प्रदेशको एक क्षेत्रको गणना गर्नेगरी तयारी गरेकोमा सर्वदलीय सहमति नजुटेपछि गणना स्थलको ब्यवस्थापन गर्न समय लागेको खनालले बताए ।




