काठमाडौँ, मङ्सिर ५ । झापा-५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले फराकिलो अग्रता कायम गरेका छन्।
प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार ओलीले २२०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ९४८ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मत प्राप्त गरेका छन् ।




