काठमाडौँ, मंसिर ५ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना सुरू भएको छ ।
सर्वदलीय बैठकले २ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । दुर्गम ठाउँमा मत पेटिका ढिलागरी सदरमुकाम पुगेकाले मत गणनामा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ ठाउँमा मत गन्ने व्यवस्था मिलाइएको छ । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेसका वीपीका वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल लगायत ८ जना उम्मेदवार छन् ।




