काठमाडौँ, मंसिर ५ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार रहेको झापा ३ मा मतगणना सुरु भएको छ ।
कांग्रेसका एक प्रतिनिधिका अनुसार १०:३४ मा मतपत्रको पहिलो बाकस खोलिएको थियो । जिल्ला समन्वय समिति झापाको कार्यालयमा गणना जारी छ । झापा ३ मा ८९ हजार ६ सय ३७ मत खसेको थियो ।




