१५ मतदान केन्द्रमा मतदान रोकियो

`

     २०७९ मंसिर ०४ गते ४:२८

काठमाडौँ, मङ्सिर ४ । निर्वाचन आयोगले आज जारी मतदान मध्ये १५ मतदान केन्द्रमा मतदान रोकिएको जानकारी दिएको छ ।

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिदै अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जनाएको हो ।

त्यस्तै आयोगले यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको पनि जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?