काठमाडौँ, ४ मंसिर। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् ।
उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे । दलबीच विभिन्न गठबन्धन हुनुपनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो ।




