तुलसीपुरमा मतदान रोकियो

`

     २०७९ मंसिर ०४ गते ११:२२

काठमाडौँ, मंसिर ४ । क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थलमा मतदान स्थगित भएको छ ।

उक्त मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको बताइन्।

‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो। दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गएछ। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भयो,’ घर्तीले भनिन्,‘अब के गर्ने भन्ने विषयमा मैले माथि जानकारी गराएकी छु।’

मतदान गरेर गइसकेका मतदातालाई फेरि बोलाएर मतदान सुरू गर्ने कि के गर्ने भन्नेबारमा अन्यौल भएको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?