सिराहामा दुई पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुँदा प्रहरीले चलायो गोली

`

     २०७९ मंसिर ०४ गते १०:२१

सिरहा,मंसिर ४ । सिराहामा दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी(जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए अनुसार स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो । मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?