राजकुमार थापा एक समाजसेवी, बौद्धिक, इमान्दार र कर्मशील व्यक्तित्व हुन् ।
देशमा राजनीतिक परिवर्तन भएर प्रजातन्त्र आएको पनि करिब सय वर्ष पुग्दैछ । पटक पटक राजनैतिक परिवर्तनका लागि नेपाली जनताले बलिदानी दिँदै आएको सर्बविदितै छ । तर, राजनीतिक परिवर्तन गरेर देशको अवस्थामा आमूल परिवर्तन भने अहिलेसम्म हुन सकिरहेको छैन ।
ठेकेदारले निकासा भएको बजेट आफूखुशी लगानी गर्ने, जुन कामको लागि बजेट निकासा भएको हो, त्यो काम वर्षौँ पेन्डिङ् गर्ने र वर्षौँ पछि जनताको आँखामा छारो हाल्ने विकासको मोडलिटी नै बन्यो । त्यस्ता ठेकेदारलाई कारबाही गर्न खोज्दा उल्टै कारबाही गर्न खोज्ने मान्छे नै कारबाहीमा पर्ने अवस्था बन्यो । यतिसम्म कि त्यही ठेकेदार देशकै उत्कृष्ट ठेकदारको रूपमा सम्मानित हुने प्रथा विकास भयो ।
देशमा भ्रष्टाचार, घुसखोर र कमिशनतन्त्र अनियन्त्रित ढङ्गले बढेर गयो । जनताका छोराछोरीले सरकारी जागीर खानको लागि लोकसेवा पास सँगै दशौँ लाख घुस दिएर मात्रै जागीर पक्का हुने अवस्था आयो । ठेकेदारी प्रथा मौलायो । आफ्ना नजिककालाई ठेकेदार बनाउने आफ्नो भागको कमिशन तयार पारेर मात्र बजेट निकासा गर्ने परिवाटी ह्वात्तै बढ्यो । ठेकेदारले निकासा भएको बजेट आफूखुशी लगानी गर्ने, जुन कामको लागि बजेट निकासा भएको हो, त्यो काम वर्षौँ पेन्डिङ् गर्ने र वर्षौँ पछि जनताको आँखामा छारो हाल्ने विकासको मोडलिटी नै बन्यो । त्यस्ता ठेकेदारलाई कारबाही गर्न खोज्दा उल्टै कारबाही गर्न खोज्ने मान्छे नै कारबाहीमा पर्ने अवस्था बन्यो । यतिसम्म कि त्यही ठेकेदार देशकै उत्कृष्ट ठेकदारको रूपमा सम्मानित हुने प्रथा विकास भयो ।
चुच्चे नक्सा जारी गरेपनि जमीनको वास्तविक अवस्था भने मिचिएकै अवस्था छ । एकठाउँको नक्सा चुच्चो पारे पनि बाँकी सम्पूर्ण सिमानाको अवस्था भने मिचिएकै छ ।
त्यसै गरी प्रजातन्त्र आएपछि नै वीपी कोइरालाको पालादेखि नेपाल र छिमेकी देशसँग असमान सन्धि ह्वात्तै बढ्यो । नेताहरूले करोडौँ खाएर विदेशीको स्वार्थमा असमान सन्धि गर्ने कार्य जारी नै रह्यो । कालापानीमा नेपाली भूभागमा भारतीय सेनाले स्थायी क्याम्प जमायो । देशको सीमास्तम्भ नसरेको, गायब नपारिएको स्थान सायदै होला । चुच्चे नक्सा जारी गरेपनि जमीनको वास्तविक अवस्था भने मिचिएकै अवस्था छ । एकठाउँको नक्सा चुच्चो पारे पनि बाँकी सम्पूर्ण सिमानाको अवस्था भने मिचिएकै छ ।
नेताहरूले अहिलेसम्म प्रदर्शित गरेका सबैखाले अयोग्यताको समाधान राजकुमार थापा हुन् । उनी नैतिकता, इमान्दारिता, राष्ट्रवाद र सुशासन, बौद्धिकताले भरिएका व्यक्तित्व हुन् । क्याम्पस प्रमुख, मानव अभिकार तथा शान्ति प्रतिष्ठानको केन्द्रीय सदस्य, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानको महासचिव भइसकेका लोकतान्त्रिक व्यक्तित्व राजकुमार थापा देशलाई विकासको पथमा अगाडी बढाउन सक्ने युवा नेता हुन् ।
– कुशल पाठक




