काठमाडौँ, मंसिर १ । अमेरिकी सेनाका शीर्ष जनरल मार्क मिलेले चीनले ताइवानमाथि आक्रमण गरे त्यसको लागि रणनीतिक गल्ती हुने बताएका छन् ।
यो युद्ध अहिलेसम्म चलिरहेको छ र निकट भविष्यमा पनि यो द्वन्द्वको समाधान देखिँदैन । यस युद्धका कारण रुसले ठूलो आर्थिक र भूराजनीतिक चुनौती सामना गरिरहेको छ । मिलेले भने, ‘ताइवानमाथि आक्रमण र घेराबन्दी गर्नु निकै कठिन काम हो । ताइवानको अधिकांश भूभाग पहाडी छ । यो सैन्य अभियानको दृष्टिकोणले एक धेरै गाह्रो काम हो ।’
‘यस्तो अवस्थामा चिनियाँ पक्ष निकै जोखिमपूर्ण अवस्थामा हुनेछ । यसका साथै, यो चीनको लागि रणनीतिक र भूराजनीतिक गल्ती हुनेछ, जसरी पुटिनले युक्रेनमा गरेका छन् ।’
मार्क मिलेले हाल अमेरिकी सेनाको सर्वोच्च पद, संयुक्त चिफ अफ स्टाफको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।




