काठमाडौँ, २०७६ मङ्सिर ४, बुधवार ।

प्रधानमन्त्री के पी ओलीले मन्त्रीहरूको हेरफेर गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रीहरूको शपथ ग्रहण चाहिँ बिहीबार बिहान ११ बजे तय गरिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन बुधवार साँझ गरिएको हो । नयाँ मन्त्रिमण्डलमा कतिपय मन्त्री हटाइएका छन् भने कतिपय थपिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइएको पुष्टि गरे पनि मन्त्रीहरूको सूचि चाहिँ औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

मन्त्रीहरूको हेरफेर अनुसार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएका छन् भने कानुन मन्त्री रहेका ढकाल स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।

त्यसै गरी, पूर्व एमालेको कोटाबाट मन्त्री भएका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला मन्त्री लालबाबु पण्डित, श्रम मन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाइएको छ भने पूर्व माओवादीको कोटाबाट मन्त्री भएका कृषि मन्त्री चक्रपाणि खनाल, उद्योग मन्त्री मातृका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

स्रोतका अनुसार ओलीले वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् भने लेखराज भट्ट र रामेश्वर राय यादवलाई पनि मन्त्री बनाएका छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भुसाल कृषि मन्त्रालय र हृदयेश त्रिपाठीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिइने छ ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको जानकारी प्राप्त भएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चार मन्त्री गोकुल बास्कोटा र पर्यटन मन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहेको कुरा प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

" /> प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठन - Sarbocha Media

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठन

`

     २०७६ मंसिर ०४ गते ४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?