महानगरले हटायो २७५ वटा साइनबोर्ड

`

     २०७९ कार्तिक २९ गते ४:१६

काठमाडौं, कात्तिक २९ । काठमाडौं महानगरपालिकाले एकैदिन २७५ वटा व्यावसायिक परिचय पाटी (साइन बोर्ड) हटाएको छ।

मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी सोमबारबाट हटाउन सुरू गरिएको थियो। पहिलो दिन महानगरले २७५ वटा पाटी हटाएको हो।

महानगरले काठमाडौंका चार क्षेत्रबाट यी सामग्री हटाएको हो।

३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० वर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?