जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु : प्रकाशमान सिंह

`

     २०७९ कार्तिक २८ गते २:३६

काठमाडौँ, कात्तिक २८ । कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए ।

यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेका बनेको हेर्न चाहेको पनि बताएका छन् । काठमाडौं महानगर– २९ मा सोमबार बिहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्बर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भने ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?