एमाले कार्यकर्तामाथि आक्रमण, आक्रमणमा संलग्न प्रहरीको नियन्त्रणमा

`

     २०७९ कार्तिक २८ गते १२:१०

काठमाडौँ, कार्तिक २८ । गोरखा-२ मा एमालेका कार्यकर्तामाथि आक्रमण भएको छ ।

आइतबार राति एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका अब्दुस मिया बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गोरखा प्रहरीले घटनामा संलग्न राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको बताएको छ ।

यस क्षेत्रमा गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?