काठमाडौं, कात्तिक २७ । आज सुनको मूल्य छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।




