काठमाडौं, कात्तिक २५ । आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँ बढेको हो।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।




