थप ७ जना सङ्क्रमित

`

     २०७९ कार्तिक २३ गते ५:००

काठमाडौँ, २३ कार्तिक । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९५१ पुगेको छ । नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार १८० पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?