जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्री लिज ट्रुसले दिइन् राजीनामा

`

     २०७९ कार्तिक ०३ गते ६:५८

काठमाडौं, ३ कात्तिक। आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेको भनि बेलायती प्रधानमन्त्री लिज ट्रुसले दुई महिनामै राजीनामा दिएकी छन् । आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उनले भनिन्, ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’जिम्मेवारी छाडेको घोषणासँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन हुने र नयाँ प्रधानमन्त्री बन्ने उनले बताएकी छिन् ।

लिज ट्रुसले राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराएकी बताइन् । बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?