रवीन्द्र मिश्रद्वारा काठमाडौँ-१ बाट उम्मेदवारी घोषणा

`

     २०७९ आश्विन १४ गते ३:२१

काठमाडौँ, आश्विन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको थापागाउँमा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठक लगायत नेताहरूको उपस्थितिमा शुक्रबार मिश्रले उम्मेदवारी घोषणा गरेका हुन् ।

राप्रपासँग एकता गरी वरिष्ठ उपाध्यक्षमा नियुक्त भएको एक साता नबित्दै नेता मिश्रले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?