काठमाडौँ, असोज १४ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज छिमेकी युक्रेनका चार वटा क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन्।
स्थानीय समय अनुसार शुक्रबार दिउँसो एउटा समारोह आयोजना गरेर पुटिनले युक्रेनका डोनेत्सक, लुहान्स्क, खेर्सोन, जापोरिज्जिया क्षेत्र युक्रेनमा गाभिएको घोषणा गर्न लागेको द गार्डियनले जनाएको छ।
हस्ताक्षर समारोहमा युक्रेनको उक्त क्षेत्रका पृथकतावादी नेताहरू पनि सहभागी हुनेछन्। आजै मस्कोको रेड स्क्वायरमा कन्सर्टको पनि आयोजना गरिएको छ।
पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए।
रूसले गाभ्न लागेको क्षेत्र युक्रेनको कुल क्षेत्रफलको १५ प्रतिशत हो। यसअघि सन् २०१४ मा पनि रूसले ठ्याक्कै यही शैलीमा क्रिमियालाई रूसमा गाभेको थियो।




