काठमाडौँ, असोज ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपीएफ) मा हस्तारक्षर गरेका छन् । अष्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क ९सीपीएफ० मा हस्तारक्षर गरेका हुन् ।
हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ ।




